• १२ चैत २०८१, मङ्गलबार

कोशी प्रदेशमा हिमपातको सम्भावना

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत १० गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

महाशाखाले आइतबार आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आइतबार रातिदेखि कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । 

महाशाखाका अनुसार आगामी तीन दिन मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।   

यसैगरी, कोशी प्रदेशको हिमाली क्षेत्रमा भने सोमबार र मङ्गलबार दिउँसो बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।