• १२ चैत २०८१, मङ्गलबार

करेन्ट लागेर एकजनाको मृत्यु

blog

गोरखा,  चैत १० गते ।  जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । 

आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्”, उहाँले भन्नुभयो । 

घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उहाँलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस