• ५ चैत २०८१, मङ्गलबार

लिलाधर जनता कलेजमा नेविसंघ विजयी

blog

स्ववियु निर्वाचनमा विजयी भएपछि सामूहिक तस्बिर। तस्बिर : सीता काफ्ले

सीता काफ्ले 

तिनाउ (रुपन्देही) ५ चैत। रुपन्देहीको सियारी ४ छपियामा रहेको लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो। 

दुई सय ३१ कुल मतदाता रहेको कलेजमा दुई सय १६ मत खसेको थियो। जस अन्तरगत नेविसंघले एक सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला भण्डारीले जानकारी दिनुभयो। 

भण्डारीका अनुसार नेविसंघका आशिस जयसवालले एक सय १७ मत सहित सभापतिमा निर्वाचित हुनु भएको छ। त्यसैगरी सचिवमा विष्णुप्रसाद केवटले एक सय २२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने कोषाध्यक्षमा एक सय २५ मतसहित रिना यादव विजयी हुनुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो। 

त्यसैगरी सदस्यमा रविन्द्र कोहार, सुरज यादव, गीता धोबी, सविता थारु र ओमप्रकाश नाउँ विजयी हुनुभएको छ। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाट सभापतिको उम्मेदवार बन्नु भएका जगदिश यादवले ९६, सचिवका उम्मेदवार पुष्पा यादवले ८८ र कोषाध्यक्षका उम्मेदवार सन्तोष कुम्हालले ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो। 

उहाँले दुई सय १६ मत खसेकोमा दुई वटा मत बदर भएको जानकारी दिनुभयो। रुपन्देहीमा भएका क्याम्पसमा भएको निर्वाचन मध्ये लिलाधर घिमिरे छपिया जनता कलेजले सबैभन्दा पहिला नतिजा सार्वजनिक गरेको हो।