काठमाडौँ, फागुन २७ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबार सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ ले घटेको हो ।
सोमबार प्रतितोला एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, आज एक तोला चाँदी रु. एक हजार नौ सय ७० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस