• २८ फागुन २०८१, बुधबार

पूर्वराष्ट्रपतिसहित चालिस जना अभिनन्दित

blog

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई उज्ज्वल सुनसरीसहित अभिनन्दन गर्दै इनरुवावासी । तस्बिर : जयकृष्ण यादव

इनरुवा समाचारदाता  

इनरुवा, फागुन २७ गते  । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई उज्ज्वल इनरुवावासीले अभिनन्दन गरेका छन् । इनरुवामा उज्ज्वल सुनसरीले उहाँसहित ४० जनालाई अभिनन्दन तथा सम्मान गरेको हो । सम्मान कार्यव्रmममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशको पर्यावरण बचाउन र चुरे संरक्षण आवश्यक रहेको बताउनुभयो । यादवले देशको परिवर्तन ल्याउनमा आफ्नो मात्रै नभई देशका सम्पूर्ण जनताको उत्तिकै भूमिका रहेकाले कसैले चाहँदैमा अर्को व्यवस्था आउने कुरा दिवा सपना मात्रै हुने टिप्पणी गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति र केही गतिविधिप्रति लक्षित गर्दै यादवले जनताको त्याग, बलिदानी र सङ्घर्षबाट प्राप्त भएको लोकतन्त्रलाई टिकाउन र दिगो बनाउन सबैको भूमिका महìवपूर्ण रहेको बताउनुभयो । 

अँध्यारोलाई चिर्दै उज्यालोतर्फ मूल नारासहित इनरुवा स्थापना र सरकारी कार्यालयका लागि जग्गा दान गर्नेलाई सम्मान गरिएको उज्ज्वल सुनसरीका केदारप्रसाद पोखरेलले बताउनुभयो । उहाँले सबै नकारात्मक र अँध्यारोलाई चिर्दै उज्यालोतर्फ लम्किन सन्देश दिने उद्देश्यले विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने ४० जनालाई सम्मान गरेको बताउनुभयो ।