काठमाडौँ, फागुन २१ गते । एन्फा यु–१६ युथ लिगमा फ्रेन्ड्स क्लबले मच्छिन्द्र फुटबल क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा फ्रेन्ड्सले मच्छिन्द्रलाई २–० गोलले हरायो । फ्रेन्ड्सको जितमा अरुण अधिकारीले ७०औँ र सञ्जीव गोलेले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्नुभयो ।
जितसँगै फ्रेन्ड्सले १८ खेलबाट ३६ अङ्क बनाएको छ । पराजित मच्छिन्द्रको समान खेलबाट २६ अङ्क छ ।