• ८ वैशाख २०८२, सोमबार

कालिञ्चोकमा हिमपात

blog

शैलुङ समाचारदाता

दोलखा, फागुन १८ गते । दोलखा जिल्लाको उच्च भागमा बाक्लो हिउँ परेको छ । कालिञ्चोक, हनुमन्ते, चेर्दुङ, सोत्तली डाँडालगायतका स्थानमा शुक्रबारेदेखि हिउँ पर्न सुरु गरेको हो । बर्सेनि हिउँदमा हिउँ पर्ने कालिञ्चोकमा यस पटक भने फागुनमा सामान्य मात्र हिउँ परेको सुनपाती होटल कुरीका सञ्चालक हरि ओलीले जानकारी दिनुभयो । शुक्रबार बेलुकीदेखि राहतका रूपमा हिउँ पर्न थालेको होटेल सञ्चालक ओलीले बताउनुभयो । कालिञ्चोक क्षेत्रमा प्रायः गरेर शुक्रबार हिउँ पर्ने गरेकाले हिउँ खेल्न आउने पर्यटकका लागि सजिलो हुने गरेको ओलीको भनाइ छ ।

यस वर्ष समयमा हिउँ नपरेकै कारण दोलखा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । यतिबेला दोलखा महोत्सव चलिरहेको छ । दोलखा घुम्न आउने पर्यटकलाई हिउँ पर्नाले पर्यटकको सङ्ख्यामा वृद्धि हुने दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । हिउँ पर्दा हिउँ खेल्नका लागि दोलखामा अत्यधिक पर्यटक भित्रिने गरेका छन् ।