गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । गीतकार एवं ज्योतिषी पण्डित डा. रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवं अडियो गीत सार्वजनिक भएका छन् । शुक्रबार पराशक्ति ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीतकार सङ्घ नेपालको संयोजनमा डा. अधिकारीका दुई भिडियो र एक अडियो गीत सार्वजनिक गरिएको हो । अधिकारीका गीति भिडियोहरू ‘अब अति भइसक्यो, जागौँ’ (राष्ट्र भक्ति गीत) ‘आमा’ (मातृ भक्ति गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत) लगायत अन्य अडियो कृतिहरू सार्वजनिक गरिएको हो ।
कार्यक्रममा गीतकार सङ्घका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवं संविधानविद् भीमार्जुन आचार्यले डा. अधिकारीका सिर्जना र सव्रिmयताबारे चर्चा गरेका थिए । त्यस्तै गीतकार सङ्घका अध्यक्ष वसन्त थापाले डा. अधिकारीले नेपाली गीत सङ्गीतमा पु-याएको योगदानको चर्चा गर्नुभएको थियो ।