• ७ वैशाख २०८२, आइतबार

कोरियामा अस्ताएकी मादेनकी आमालाई २६ लाख ५० हजार सहयोग

blog

कोरियामा निधन भएकी अप्सरा मादेनकी आमालाई २६ लाख ५० हजार रुपियाँको चेक सहयोग हस्तान्तरण हुँदै। तस्बिरः राधा लुइटेल

फिदिम, फागुन ६ गते। गत माघ २ गते लुपस नामक रोग लागेर कोरियामा ज्यान गुमाएकी पाँचथर हिलिहाङ गाउँपालिका–५ निवासी अप्सरा मादेनको परिवारलाई पाँचथर सेवा समाज दक्षिण कोरियाले २६ लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ।

उक्त रकम फिदिममा आयोजित पत्रकार सम्मेलनमार्फत् आमा धनकुमारी पौठाकको खातामा जम्मा गरिएकोे हो।

यसअघि मादेनको उपचार सहयोगका लागि पाँचथर सेवा समाजले आर्थिक सहयोग गरेको कोषाध्यक्ष विकेसराज योङयाले जानकारी दिनुभयो।

गत वर्ष दक्षिण कोरिया पुग्नुभएकी अप्सराको लुपस नामक दुर्लभ रोग लागेर माघ २ गते कोरियामै निधन भएको थियो।

Author
राधा लुइटेल

गोरखापत्रको पाँचथर संवाददाता