• ७ वैशाख २०८१, शुक्रबार

सुनसान गणतन्त्र पार्क (फोटो फिचर)

blog

काठमाडौं, जेठ १५ गते । आज गणतन्त्र दिवस हो । देशमा गणतन्त्र घोषणा भएको दिनलाई नै गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरिएको छ ।

मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याउनेको सम्झनामा सरकारले स्मारकको निर्माण गरिएको हो । करिब ३५ रोपनी जग्गामा फैलिएको उक्त स्मारक निर्माण गर्न आठ वर्ष लागेको थियो । आकर्षक बगैंचा, वाटर फाउन्टेन र विशेष बत्तीले स्मारक सजाइएको छ।

स्मारकको अग्रभागमा ठूलो ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपालको संविधान २०७२’ लेखिएको छ ।

मुख्य स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी र सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ ।

हाल यो स्मारक सर्वसाधारणका लागि खुला गरिएको छ। पायक नपर्ने ठाउँमा भएकाले पार्क ओझेलमा परेको छ ।  जसका कारण घुम्न आउने सर्वसाधारणको उपस्थिति अत्यन्त न्यून रहेको छ । दिनमा करिब ५० जनाको हाराहारीमा मात्र सर्वसाधारण आउने गरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ । पार्कमा प्रवेश गर्न ५० रुपैयाँ प्रवेश शुल्क लाग्छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।