• ४ फागुन २०८१, आइतबार

क्रिकेट प्रशिक्षकका लागि आवेदन खुला

blog

काठमाडौँ, फागुन ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका लागि शनिबार आवेदन खुला गरेको हो । इच्छुक प्रशिक्षकले फागुन १६ गतेसम्म आवेदन दिने सक्नेछन् ।

क्यानले प्रशिक्षक बन्न कम्तिमा  ईसिबी वा सिए बाट लेभल ३ को कोर्स पार गरेको हुनुपर्ने उल्लेख गरेको छ । यस्तै कम्तिमा पाँच वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव भएको, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार भएको हुनुपने पनि उल्लेख छ ।

मुख्य प्रशिक्षम मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएसँगै मोन्टीसँग नयाँ सम्झौता नगर्ने क्यानको निर्णयसँगै क्रिमेट प्रशिक्षक पद रिक्त रहेको थियो ।