रवीन्द्र उप्रेती
बर्दीबास, फागुन ३ गते । बर्दीबास ४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी साधनको ठक्करबाट एक वृद्ध मृत्यु भएको छ । शनिबार दिउँसो सवारीको ठक्करबाट गम्भीर घाइते हुनुभएको बर्दीबास ४ का ६० वर्षीय दलबहादुर तामाङको मृत्यु भएको हो ।
घाइते तामाङलाई उपचारका बर्दीबासस्थित शुभ स्वास्तिक असपताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको बर्दीबासस्थित इलाका प्रहरीले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार ठक्करबाट टाउकोमा गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्रावका कारण तामाङको मृत्यु भएको हो ।
तामाङलाई कुन सवारीले ठक्कर दिएको हो अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनास्थल जङ्गली क्षेत्र भएकाले ठक्कर दिने सवारी सहजै फरार भएको प्रहरीले जनाएको छ ।
बर्दीबास प्रहरीले दुर्घटनास्थलको सघन अनुसन्धानका साथै फरार सवारीको पहिचान र खोजतलास भइरहेको जनाएको छ । तामाङको शव असपतालमै रहेको छ ।