वासिङ्टन, माघ २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ ।
शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले ह्यारीविरुद्ध कुनै कारबाही नगर्ने स्पष्ट पार्नुभयो ।
“म त्यसो गर्न चाहन्नँ”, उहाँले भन्नुभयो, “म उहाँलाई एक्लै छोडिदिन्छु । उहाँकी श्रीमतीसँग पर्याप्त समस्या छ । उहाँकी श्रीमती भयानक हुनुहुन्छ ।”
यो बयान ह्यारीको भिसासम्बन्धी कानुनी चुनौतीहरूका बीच आएको हो । विशेषगरी हेरिटेज फाउन्डेसनले उहाँको भिसा आवेदन प्रक्रियामा विगतको गैरकानुनी लागूपदार्थ प्रयोगबारे खुलासा नगरेको सम्भावनाबारे चिन्ता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।
न्युयोर्क पोस्टले ट्रम्पले ह्यारीका अलग भएका जेठा दाजु राजकुमार विलियमप्रति प्रशंसा व्यक्त गर्ने मौका पनि लिएको र उहाँलाई ‘एक महान युवा’ भन्नुभएको उल्लेख गरेको छ ।
दुई जनाले सन् २०२४ डिसेम्बरमा नोट्रे–डाम क्याथेड्रलको पुनः उद्घाटनका क्रममा पेरिसमा गोप्य रूपमा भेट गर्नुभएको थियो । उक्त भेट ह्यारी र उहाँकी श्रीमतीसँगको ट्रम्पको तनावपूर्ण सम्बन्धको विपरीत थियो ।
ड्युक र डचेस अफ ससेक्स मेघन मर्केल लामो समयदेखि ट्रम्पको मुखर आलोचक रहँदै आउनुभएको छ । मर्केलले अघिल्लो सार्वजनिक बयानहरूमा उहाँलाई ‘विभाजनकारी’ र ‘महिला विरोधी’ भन्नुभएको थियो भने ट्रम्पले नियमित रूपमा ह्यारीको उपहास गर्दै राजकुमार मेघनद्वारा ‘नियन्त्रित’ भएको दाबी गर्नुभएको छ । “मलाई लाग्छ बिचरा ह्यारी मेघनको पूर्ण नियन्त्रणमा हुनुहुन्छ”, ट्रम्पले अघिल्लो अन्तर्वार्तामा टिप्पणी गर्नुभएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।
हेरिटेज फाउन्डेसनले होमल्यान्ड सेक्युरिटी विभागविरुद्ध दायर गरेको मुद्दाले ह्यारीको अमेरिकी भिसा आवेदनमा ह्यारीको आत्मकथा ‘स्पेयर’मा कोकेन, गाँजा र साइकेडेलिक्स लगायतका लागूपदार्थको विगतको प्रयोगबारे गरिएको स्वीकारोक्तिलाई उद्धृत गर्दै उहाँको इमानदारीमाथि प्रश्न उठाएको छ ।
हेरिटेज फाउन्डेसनका नाइल गार्डिनरले भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा आवेदन दिने जोसुकैले आफ्नो आवेदनमा सत्य बोल्नुपर्छ र राजकुमार ह्यारीको मामलामा यो स्पष्ट छैन”, न्युयोर्क पोस्टले उल्लेख गरेको छ ।
रिपोर्टमा थप उल्लेख भएअनुसार रूढिवादी थिङ्क ट्याङ्कले ह्यारी र मेगन बेलायती शाही परिवारबाट बाहिरिएपछि सन् २०२० मा क्यालिफोर्नियामा सर्नुभएको थियो र यसलाई व्यापक रूपमा ‘मेगजिट’ भनिन्छ । त्यसपछि बाइडेन प्रशासनबाट विशेष व्यवहार पाएको हुनसक्ने बताइएको छ । रासस/एएनआई