• २७ माघ २०८१, आइतबार

तनहुँमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

अमरराज नहर्की

तनहुँ, माघ २७ गते । रुखको हाँगाले लागेर गम्भीर भाइते व्यास नगरपालिका–१० नयाँ गाउँमा एक जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो घर निजकै दाउरा काट्न जाँदा रुखको हाँगाले लागेका ५१ वर्षीय हिराबहादुर थापाको उपचारकोक्रममा मृत्यु भएको हो । 

 घाइते थापाको व्यास नगरपालिका–४ दमौलीस्थित रत्नहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।