• २८ फागुन २०८१, बुधबार

‘जनै हराएको बाहुन’ मा गौरव र रियर

blog

काठमाडौँ, माघ २७ गते । चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्नुभएको चलचित्रका लागि यसअघि अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।

पेपरक्लिप प्रालिले बनाउन निर्माण हुन लागेको चलचित्रमा भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको छ । चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्ने छ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।