• २६ माघ २०८१, शनिबार

पत्तै भएन (कविता)

blog

पत्तै भएन जीवन आज यहाँसम्म आइसकेछ

हेर्दाहेर्दै तिम्रो तस्बिर, झर्नसम्म आँसु झरिसकेछ


एक सुर भएँ म सारङ्गी झैँ तिम्रो कहानी रेट्ने

छलछाम उतैकतै सुरु भयो मेरो कहानी मेट्ने

होसहवास भुलेर आदि रम्नसम्म रमिसकेछ

हेर्दाहेर्दै तिम्रो तस्बिर, आँसु झर्नसम्म झरिसकेछ


पिरतीको घात मिठो जून बनी तिमीलाई हेरिरहुँला

नभए साथ कोही दुःखमा तिम्रो आँसु मै झारिरहुँला

यथार्थमा होइन के भो, कल्पनामा जम्नसम्म जमिसकेछ

हेर्दाहेर्दै तिम्रो तस्बिर, आँसु झर्नसम्म झरिसकेछ ।