• २५ माघ २०८१, शुक्रबार

सरलाको ‘कोपिलाको पुकार’मा दीपानारायण झा

blog

काठमाडौँ, माघ २५ गते। गायिका दीपानारायण झाको स्वर रहेको गीत एल्बम् कोपिलाको पुकार सार्वजनिक भएको छ।  

एल्बममा गीत सरला श्रेष्ठले सिर्जना गर्नुभएको हो। ६ वटा गीत समावेश एल्बम मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो।  कोपिलाको पुकार एल्बमको शीर्ष गीतको भिडियो पनि निर्माण गरिएको छ।  

भिडियोमा दीपानारायण झा फिचर्ड हुनुहुन्छ।  एल्बममा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, बबिना भट्टराई, सरोज पोखरेल, शंकर थापा स्माइलको संगीतमा  दीपा झासँगै अन्जु पन्त, प्रताप दास, बबिना भट्टराई, शिवराम विश्वकर्मालगायतको स्वर रहेको छ। 

समाजसेवी साहित्यकार तथा गीतकार सरला श्रेष्ठको यात्रा शुभआरम्भ कवितामा संग्रहित कविता कोपिलाको पुकारलाई  संगीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पर्नुभएको हो। कोपिलाको पुकारमा लक्ष्मण पोखरेलको संगीत मनोज चौलागाईको एरेन्ज, प्रकाश मिश्रको ध्वनि सम्पादन,अमिर शेखको रेकर्डिङसमेटिएको छ भने आनन्द दल सिंह गहतराजले निर्देशन गर्नुभएको छ।