• २२ माघ २०८१, मङ्गलबार

राससकर्मी आचार्य र गौतम पुरस्कृत

blog

तस्बिर : रासस

ढोरपाटन, बागलुङ, माघ २२ गते । राष्ट्रिय समाचार समिति (रासस)का बलेवा समाचारदाता तारानाथ आचार्य र गलकोट समाचारदाता खेमराज गौतम पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपाल बागलुङको आठौँ जिल्ला अधिवेशनका अवसरमा आचार्य र गौतमलाई पुरस्कृत गरिएको हो । 

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट आचार्य र ‘युवा क्रियाशील पत्रकारितका पुरस्कार’बाट गौतम पुरस्कृत हुनुभएको हो । पत्रकारद्वय आचार्य र गौतम २०७५ सालदेखि राससमा आबद्ध हुनुहुन्छ ।

उहाँहरूलाई प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जनही रु १० हजार र दोसल्ल्ला ओढाएर सम्मान गर्नुभएको हो । ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रेस चौतारी जिल्ला शाखा बागलुङले विसं २०७२ मा र ‘युवा पत्रकारिता पुरस्कार’ २०७९ सालमा स्थापना गरेको अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो । रासस