• २० माघ २०८१, आइतबार

सिड्नीमा नेपाल झल्किने तस्बिर प्रदर्शनी

blog

अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव अस्ट्रेलियाका सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्किने तस्बिर प्रदर्शनीको अवलोकन गर्नुहुँदै ।

अस्ट्रेलिया, माघ २० गते । अस्ट्रेलियाका सिड्नीमा भरतबन्धु थापाका नेपाल झल्किने तस्बिर प्रदर्शनी गरिएको छ । अस्ट्रेलिया नेपाल न्यूजको ११ औं वार्षिक उत्सवका अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्किने तस्बिर प्रदर्शनी गरेको हो ।

अस्ट्रेलियाका लागि नेपाली  राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्बिर राखिएका थिए ।

प्रदर्शनी अवलोकन गर्नुहुँदै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । राजदूत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्नुपर्नेमा पनि जोड दिनुभयो । नेपालको विकासमा लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

एन एस डब्लुका वाणिज्यदूत सन्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मेरो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताउनुभयो ।

राजदूत र वाणिज्यदूतलाई भरतबन्धु थापाले नेपाल झल्किने किताबसमेत प्रदान गर्नुभयो ।