• २० माघ २०८१, आइतबार

विवादपछि महोत्सव स्थगित

blog

महोत्सव स्थगनको घोषणा गर्दै नगरप्रमुखलगायतका सहभागी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दीबास, माघ २० गते । बर्दीबासको पहिचान, परिचय, पर्यटन प्रवर्धन र सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले गर्ने गरिएको बर्दीबास महोत्सव पछिल्लो समय विवाद, विमति र विरोधाभासको केन्द्र बन्दै गएको छ । 

महोत्सव कसले लगाउने ? भन्ने विषयमै स्थानीय सङ्घ संस्थाबिचको हानाथापले बर्दीबास महोत्सवलाई मनोगत, एकात्मक र पेचिलो बनाउँदै लगेको टिप्पणी हुन थालेको छ । यो विवादले पाँचौँ संस्करणसम्म आइपुग्दा एक थरी व्यापारी नै बर्दीबास महोत्सवविरुद्ध मोर्चाबन्दीमा उत्रेका छन् । गत वर्षकोे चौथो संस्करण १६ लाखमा ठेक्का लागेकाले पनि बर्दीबास महोत्सवको गरिमा र मौलिकताभन्दा यसको आम्दानीप्रतिको मोहले यसलाई विवाद र टकरावको केन्द्र बनाउँदै लगेको छ । 

पछिल्लो घटनाव्रmम अनुसार महोत्सव लगाउने अवसर आफूले मात्रा पाउनुपर्ने अडानमा रहेको उद्योग वाणिज्य सङ्घ र नगरपालिका आमनेसामने भएपछि पाँचौँ संस्करणको विवाद सतहमा आएको हो । ‘विरोध प्रदर्शन र कालो झन्डा देखाउने’ जस्ता व्रिmयाकलापले महोत्सवप्रति थप प्रश्न खडा गरेको छ । 

बर्दीबास नगरपालिकाका अनुसार पाँचौँ संस्करणको महोत्सव आफूले लगाउन पाउनुपर्ने आग्रहका साथ छ वटा सङ्घ संस्थाले नगरपालिकामा निवेदन दिएका थिए । आकाङ्क्षी धेरै भएपछि आपसमा सहमति गर्न नगरपालिकाले बर्दीबास उवा सङ्घका अध्यक्ष विष्णु खड्काको संयोजकत्वमा सात सदस्यीय समिति गठन ग¥यो । समितिले ‘विवाद टुङ्गो लगाउन नसकेको’ बेहोरासहितको लिखित निर्णय नगरपालिकामा बुझायो । 

समिति निष्कर्षमा पुग्न नसकेपछि नगरपालिकाले आवेदकमध्ये सडक मानवका लागि बर्दीबासमा निर्माणाधीन ‘हाम्रो मायाको घर’ लाई महोत्सव लगाउन दिने निर्णय ग¥यो । नगरपालिकाको यो निर्णयप्रति आवेदकमध्ये रेडव्रmस, नेपाल च्याम्बर अफ कमर्स, राष्ट्रिय लोकदोहरी र बर्दीबास मोक्ष धामले सहमति जनायो । यसविपरीत महोत्सव आफूले लगाउन पाउनुपर्ने दाबीसहित बर्दीबास उद्योग वाणिज्य सङ्घले नगरपालिकाविरुद्ध पत्रकार सम्मलेन ग¥यो । लगत्तै नगरपालिकाले महोत्सवका लागि आवेदन दिने छ वटा सङ्घ संस्थाको सहभागितामा समानान्तर बैठक राखेपछि महोत्सव प्रकरण विवादमा तानिएको हो । 

उवा सङ्घले पत्रकार सम्मेलनमा महोत्सव लगाउने अवसर नपाएकोमा असन्तुष्टि मात्र जनाएन नगरपालिकाले सिसी क्यामरा जडान र छुट्टै पर्यटन समिति गठन नगरिदिएको जस्ता महोत्सवइतरका विषयमा तिक्ततासमेत पोख्यो । बैठकमा सङ्घका अध्यक्ष खड्काले आफ्नो संयोजकत्वमा रहेको सात सदस्यीय समितिले सहमति गर्न नसकेपछि अन्तिम निर्णयको जिम्मा नगरपालिकालाई लगाएको तर नगरपालिकाले महोत्सवको जिम्मा उवा सङ्घलाई नदिएर विवेकपूर्ण निर्णय नगरेको धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, “नीति र नियमले मेला महोत्सवको जिम्मा उवा सङ्घले नै पाउनुपर्ने भए पनि मेरो प्रयासले समितिमा निर्णय हुन नसकेपछि मेयरसाबले विवेकपूर्ण निर्णय गर्नुहोला भन्ने विश्वास थियो तर त्यसो हुन नसकेपछि हामीले विमति जनाएका हौँ ।” जवाफमा नगरप्रमुख प्रह्लाद क्षेत्रीले आफूले पाए विवेकशील हुने, अरूले पाए अविवेकशील हुने भनाइ अतिशयोक्तिपूर्ण भएको प्रतिव्रिmया दिनुभयो । 

होटल तथा पर्यटन महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले संयोजकले आफैँ विवाद मिलाउन नसकेर नगरपालिकालाई दोष दिएको अभिव्यक्ति दिनुभयो । रेडव्रmसका सुदीप कार्कीले उवा अध्यक्ष खड्का आफैँ संयोजक रहनुभएको समितिको बैठकमा महोत्सव उवा सङ्घले नै लगाओस् तर आम्दानी जति आर्थिक अभाव झेलिरहेको ‘हाम्रो मायाको घर’ लाई दिनु पर्छ भनी आग्रह गर्दा पनि खड्काले नमानेको बताउनुभयो । कार्कीले भन्नुभयो, “हाम्रो मायाको घर जस्तो परोपकारी संस्थाविरुद्ध उवा सङ्घ खुलेर लाग्नु दुर्भाग्यपूर्ण हो ।”

च्याम्बर अफ कमर्सका अध्यक्ष सुधीर अग्रवालले “आम्दानीकेन्द्रित बन्दै गएको महोत्सवले बर्दीबासको व्यापार, व्यवसाय चलायमान बनाउन के योगदान ग¥यो ?” भनि प्रश्न गर्नुभयो । यता बाहिरी व्यापारीको अतिव्रmमणमा परेको बर्दीबास महोत्सवले स्थानीय व्यापार व्यवसायलाई धराशायी बनाएको दुःखेसो पोख्दै मेला महोत्सव नलगाउन नगर क्षेत्रका ५० जना व्यापारीले नगरपालिकामा संयुक्त निवेदन दिएका छन् । 

अर्कोतर्फ महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नुको साटो निरुत्साहन गरेको, ध्वनि प्रदूषण बढाएको, एसइई दिने परीक्षार्थीलाई बाधा पु¥याएको, समाजमा खर्चको भार थपेको जस्ता विरोध पनि बढ्न थालेका छन् । विवाद विरोध र वैमनस्यको केन्द्र बन्दै गएका कारण देखाउँदै नगरप्रमुख क्षेत्रीले महोत्सवलाई नियमन गर्ने ऐन कानुन नबनाएसम्मका लागि महोत्सव स्थगनको घोषणा गर्नुभयो ।