• २० माघ २०८१, आइतबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, माघ २० गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपियाँ २८ पैसा र बिक्रीदर १३८ रूपियाँ ८८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४३ रूपियाँ ४८ पैसा र बिक्रीदर १४४ रूपियाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपियाँ ६० पैसा र बिक्रीदर १७२ रूपियाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपियाँ ८२ पैसा र बिक्रीदर १५२ रूपियाँ ४८ पैसा कायम गरिएको छ ।

अस्टे«लियन डलर एकको खरिददर ८५ रूपियाँ ८९ पैसा र बिक्रीदर ८६ रूपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ ४१ पैसा र बिक्रीदर ९५ रूपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपियाँ ८९ पैसा र बिक्रीदर १०२ रूपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपियाँ ९४ पैसा र बिक्रीदर आठ रूपियाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ०७ पैसा र बिक्रीदर १९ रूपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८७ पैसा र बिक्रीदर ३७ रूपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९३ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ११ पैसा र बिक्रीदर चार रूपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६५ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ०४ पैसा र बिक्रीदर ३१ रूपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ५३ पैसा र बिक्रीदर नौ रूपियाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपियाँ ५० पैसा र बिक्रीदर १२ रूपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ २३ पैसा र बिक्री दर १९ रूपियाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ७४ पैसा र बिक्रीदर १७ रूपियाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपियाँ १९ पैसा र बिक्रीदर ४५० रूपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ८१ पैसा र बिक्रीदर ३६८ रूपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ १७ पैसा र बिक्रीदर ३६० रूपियाँ ७३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस