• १९ माघ २०८१, शनिबार

रुखबाट लडेर वृद्धाको मृत्यु

blog

राधाकृष्ण डुम्रे
वालिङ, माघ ४ गते ।
स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ की ६१ वर्षीय पोविसरा थापाको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

शुक्रबार दिउसो गिँधरीको रूखमा घाँस काट्ने क्रममा अचानक रूखबाट खसी गम्भीर घाइते हुनुभएको थापाको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।