गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) ले सहकारी ठगी प्रकरणमा बिपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा गर्दै दोसीमाथि कडा कार्वाहीको माग गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार बिज्ञप्ति जारी गर्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले सभापति रबि लामिछानेको बिपक्षमा बहस गरेको भन्दै बुधवार जिल्ला अदालत काठमाडौं परिसरमा नै आक्रमण गरेका थिए । एमालेले सो घटनाको बिरोध गर्दै निष्पक्ष छानविनको माग गरेको छ । बिज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमलाजस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
जाहेरवालाको तर्फबाट वहस गरेकै आधारमा वहस पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहबाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको एमालेले खेद ब्यक्त गरेको प्रमुख गौतमले उल्लेख गर्नुभएको छ ।