• ८ वैशाख २०८१, शनिबार

काठमाडौँको फोहोर बन्चरेडाँडामा

blog

काठमाडौँ, जेठ ११ गते  । काठमाडौँ उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापनको काम सुरु गरिएको छ । दुई सातादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन मङ्गलबार बिहानदेखि सुरु गरिएको हो । बन्चरेडाँडामा पहिलो पटक फोहोर व्यवस्थापन गर्न पासाङल्हामु राजमार्गमा सुरक्षाकर्मी खटाइएको छ । केही सातादेखि फोहोर उठ्न रोकिएपछि काठमाडौँका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले पासाङल्हामु राजमार्गको मुड्खुभञ्ज्याङदेखि तीनपिप्लेसम्म र डम्पिङ साडटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरेर काठमाडौँ उपत्यकामा सङ्कलन गरिएका फोहोर बन्चरेडाँडामा पु-याउन  थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार गृह मन्त्रालय र सहरी विकास मन्त्रालयको समन्वयमा ९० वटा ट्रकले बन्चरेडाँडाको डम्पिङ साइटमा फोहोर विसर्जन गर्न थालेका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो ।