घोराही, पुस २९ गते। लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ।
माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो। यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिनुभयो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत पाण्डेका अनुसार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो।