• २५ पुस २०८१, बिहिबार

निर्देशक याङको टोली काठमाडौँमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । काठमाडौँमा आयोजना हुन लागेको एकदिवसीय ‘चाइना फिल्म डे’ का चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङको नेतृत्वमा १४ सदस्यीय टोली बुधबार काठमाडौँ आउनुभएको छ । 

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अनुसार टोलीमा गोल्डेन रुस्टर अवार्ड विजेता तथा चर्चित चलचित्र ‘जी फर ग्याप’ की अभिनेतृ यु हङ सहभागी हुनुहुन्छ । उहाँले फिल्म स्व्रिmनिङपछि दर्शकसँग अन्तव्रिर्mया गर्ने तालिका छ । टोलीमा चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ र टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ पनि सहभागी हुनुहुन्छ । चलचित्र ‘पर्सनल पर्सिसटेन्स’ का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङका साथै ‘मिडसमर भ्वाइस’ का निर्देशक झाङ युडीलाई पनि चाइना डे मा देख्न पाइने छ । 

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी, चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास र चाइना फिल्म आर्काइभको संयुक्त आयोजनामा क्युएफएक्सको छाया सेन्टरमा हुन लागेको कार्यक्रममा तीन चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । एकेडेमीका अध्यक्ष केपी पाठकले नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन कार्यव्रmम एक महत्त्वपूर्ण कडी हुने बताउनुभयो ।