• २५ पुस २०८१, बिहिबार

क्लाइम्बिङको अध्यक्षमा कल्पना

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते  । कल्पना महर्जनको नेतृत्वमा नेपाल क्लाइम्बिङ सङ्घ अन्तर्गतको बागमती प्रदेश कमिटी गठन भएको छ । ललितपुरमा सम्पन्न साधारण सभाले महर्जनको नेतृत्वमा बागमतीको प्रदेश सङ्घको गठन गरेको हो ।

सो सभाले रूपेश अधिकारीको अध्यक्षतामा काठमाडौँ उपत्यका कमिटीको समेत गठन गरेको छ । दुवै कमिटी नौ÷नौ सदस्यीय बनेको छ । बागमती प्रदेश कमिटीको उपाध्यक्षमा रवीन्द्र महर्जन र सुरज बस्नेत हुनुहुन्छ । सचिवमा नविना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरूमा टावाटासी शेर्पा, चन्द्रकृष्ण चव्रmधर, मनिष महर्जन रहनुभएको छ । काठमाडौँ उपत्यका कमिटीको उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा चुनिनुभयो । सचिवमा सुवास सुवेदी र कोषाध्यक्षमा हरिभक्त महर्जन रहनुभएको छ । सदस्यहरूमा शोभा सापकोटा थापा, विजयप्रसाद बस्याल, रञ्जित पुतुवार, गङ्गा मगर निर्वाचित हुनुभयो ।