• १९ पुस २०८१, शुक्रबार

गाजा अस्पतालमा इजरायली आक्रमणको छानबिन गर्न आह्वान

blog

गाजाका अस्पतालहरूमा इजरायली आक्रमण । फाइल तस्बिर

जेनेभा, पुस १६ गते । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास्थ्य तथा चिकित्सा सेवा पहुँचमा विपत्तिजनक प्रभाव निम्त्याएको संयुक्त राष्ट्र सङ्घको उच्च कार्यालयले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्त (ओएचसिएचआर) भोल्कर टर्कले भन्नुभयो,“यी सबै घटनाहरूको स्वतन्त्र, पूर्ण तथा पारदर्शी अनुसन्धान हुनु आवश्यक छ ।”

सन् २०२३ अक्टोबर १२ र सन् २०२४ जुन ३० बीचको भएका आक्रमणहरूले इजरायलले अन्तर्राष्ट्रिय कानूनको पालनाको बारेमा गम्भीर चिन्ता खडा गरेको प्रतिवेदनमा उल्लेख भएको छ ।

टर्कले गाजाको स्वास्थ्य सेवा पूर्वाधारको व्यापक विनाशले बिरामी, चिकित्सा कर्मचारी तथा सर्वसाधारणले गुमाएको बताउनुभयो ।  

प्यालेस्टिनी सशस्त्र समूहहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरूको दुरुपयोग गरेको धेरै जसो केसहरूमा इजरायलले दाबी गर्यो । यद्यपि, प्रतिवेदनले यी आरोपहरूलाई ‘अस्पष्ट र फराकिलो’ भनी वर्णन गरेको छ ।

टर्कले भन्नुभयो,“युद्धको समयमा अस्पतालहरूको सुरक्षा सर्वोपरि हुन्छ तथा सबै पक्षहरूले सधैं सम्मान गर्नुपर्छ ।” रासस/सिन्ह्वा