• १७ पुस २०८१, बुधबार

सिद्धार्थलाई चौथो पटक रनिङ शिल्ड

blog

राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, पुस १४ गते । फेदीखोला गाउँपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ उपाधि  सिद्धार्थ माध्यमिक विद्यालयले उचालेको छ ।

सिद्धार्थले १४ स्वर्ण, सात, रजत र चार काँस्य गरी ६० अङ्कसहित चौथो पटक रनिङ शिल्ड जितेको हो । सात स्वर्ण, सात रजत र पाँच काँस्य गरी ४० अङ्क प्राप्त गर्दै दामगाडे माध्यमिक विद्यालय दोस्रो बनेको हो ।

कालाभैरव माविले तीन स्वर्ण, तीन रजत र दुई काँस्य पदक ल्याउँदै तेस्रो स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ पुरस्कृत भएका थिए । मार्च पास अन्तर्गत चण्डीडाँडा माविले उत्कृष्ट स्थान हासिल गरेको थियो ।

तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र र छात्राहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट र ज्याभ्लिन थ्रोमा खेलाडी सहभागी भएका थिए ।