१. घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल टिम कुन हो ?
जनकपुर बोल्ट्स
– त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर एनपिएलको पहिलो च्याम्पियन बनेको ।
– च्याम्पियन जनकपुर बोल्ट्सले ट्रफीसँगै एक करोड १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको ।
– टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रनको स्कोर तयार पारेको थियो ।
– लाहिरु मिलान्थाले ४९ बलमा सर्वाधिक ८७ रनको विस्फोटक पाली खेलेपछि जनकपुरले चार बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १८५ रन बनाएर लक्ष्य हासिल गरेको ।
– कसले के पुरस्कार पाए ?
विजेता (जनकपुर बोल्ट्स) : एक करोड १० लाख
उपविजेता (सुदूरपश्चिम रोयल्स) : ५१ लाख
तेस्रो (कर्णाली याक्स) : २५ लाख
चौथो (चितवन राइनोज) : १५ लाख
– कसले के पाए ?
दीपेन्द्र सिंह ऐरी : ओमोडा इभी कार
ललित राजवंशी : छ लाख रुपियाँ र मोटरसाइकल
सैफ अली जैब : पाँच लाख
विपिन शर्मा : रु. ५० हजार नगद र १० लाख बराबरको छात्रवृत्ति ।
२. सिरियामा सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा कसलाई चयन गरियो ?
मोहम्मद अल बसिर (सन् २०२४ डिसेम्बर १०)
– बसरलाई अपदस्थ गर्न प्रमुख भूमिका खेलेको इस्लामिक समूह हयात तहरिर अल साम (एचटिएस) ले बसिरलाई सङ्क्रमणकालीन सरकार प्रमुखको जिम्मेवारी दिएको हो ।
– अल बसिरले प्रधानमन्त्री चयन भएलगत्तै विदेशमा रहेका देशवासीलाई स्वदेश फर्किन आह्वान गरेका ।
– सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित हुन पुगेका ।
३. सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा कति धारा रहेका छन् ?
१०
– विसं २००७ साउन १६ गते तदनुसार इस्वी संवत् १९५० जुलाई ३१ तारिखका दिन यो सन्धिमा हस्ताक्षर (काठमाडौँमा) भएको ।
४. स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त हुने पहिलो नेपाली को हुन् ?
गोरख राणा
– सन् २०२५ जनवरी १ तारिखदेखि लागु हुने गरी उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ।
– राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुति शाहका श्रीमान् हुन् ।
५. झापाको दमकमा निर्मित १८ तले दमक भ्यु टावर (बिजनेस कम्प्लेक्स) को उद्घाटन कहिले भएको हो ?
विसं २०८१ मङ्सिर २३
– २०७६ असार २६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो ।
– यसको निर्माण लागत एक अर्ब ६३ करोड ५४ लाख रुपियाँ रहेको सहरी विकास मन्त्रालयले जनाएको ।
– भ्यु टावर दृश्यवलोकनका साथै व्यापारिक, मनोरञ्जनात्मक एवं कर्पोरेटसम्बन्धी गतिविधि सञ्चालनार्थ प्रयोग हुने बताइएको ।
६. मेजर लिग सकर (एमएलएस) को सर्वोत्कृष्ट खेलाडी २०२४ को अवार्ड जित्ने खेलाडी को हुन् ?
लियोनल मेसी
– मेसीले मेजर लिग सकरकै मस्ट भ्यालुएबल प्लेयरको अवार्ड जितेका ।
– उनले बालोन डिओर आठ पटक, फिफा बेस्ट प्लेयर आठ पटक, स्पेनिस ला लिगका सर्वोत्कृष्ट खेलाडीको अवार्ड सात पटक, युइएफए प्लेयर अफ द इयर, च्याम्पियन्स लिगका सर्वोत्कृष्ट खेलाडी, विश्वकप, क्लब विश्वकपलगायतमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका ।
७. दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
६७० मेगावाट
– यस आयोजनाको लागत अनुमान दुई अर्ब २० करोड डलर रहेको ।
– जलासययुक्त प्रकृतिको यो परियोजना खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा रहने ।
८. अफ्रिकी वर्ष खेलाडी–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?
एडेमोला लुकम्यान (नाइजेरिया), सन् २०२४ डिसेम्बर
९. रमेश विकल वाङ्मय पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?
नृत्यशास्त्री भैरवबहादुर थापा
– रमेश विकल–सुशीला समाजसेवा पुरस्कार : मासिक एक सय अभियान
– रमेश विकल सिर्जना पुरस्कार : साहित्यकार युवराज मैनाली
– रमेश विकल बाल साहित्य पुरस्कार : अमरकुमार प्रधान
– रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार : चिनिमाया माझी
– रमेश विकल कला सङ्गीत पुरस्कार : रामकृष्ण दुवाल
– दर्शनाचार्य शोध सम्मान : कमला रेग्मी
१०. नोम चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
प्रोफेसर गोपी उप्रेती
– काठमाडौँ विश्वविद्यालय र एसटिआर स्कोलर्स नेटवर्क अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सो अवार्डबाट उहाँलाई सम्मानित गरिएको ।
११. इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कहिले गरिएको हो ?
विसं २०८१ भदौ
– बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
१२. सङ्घीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?
आव २०७७/७८–२०८७/८८
– सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्षअघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको ।
– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू ः
सङ्घीयता कार्यान्वयन सहजीकरण
सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन
स्थानीय पूर्वाधार विकासमा सहजीकरण
सेवा प्रवाह र सुशासन ।
१३. संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन् ?
सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा
१४. युनिभर्स पिस फेडेरेसन (युपीएफ)ले प्रदान गर्ने लिभिङ फर अदर अवार्ड कसलाई प्रदान गरियो ?
केदार रायमाझी ‘जीवन’ (समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष)
– अस्ट्रेलियाको जर्ज स्ट्रिट चिपेनडलमा आयोजित विशेष समारोहमा रायमाझीसहितलाई सो अवार्ड प्रदान (डिसेम्बर, २०२४) गरिएको ।
१५. दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट कसलाई सम्मानित ग¥यो ?
गीतकार कालीप्रसाद रिजाल (पुरस्कार राशि : रु. ५५,५५५।–)
– दैवज्ञ साहित्य पुरस्कार (राशि : रु. ३३,३३३।–) कवि श्रीकृष्ण न्यौपानेलाई प्रदान गरिएको ।
– दैवज्ञ बाल साहित्य पुरस्कार (राशि : रु. ३३,३३३।–) प्रा. प्रभा भट्टराईलाई प्रदान गरिएको ।
– दैवज्ञ समाजसेवा पुरस्कार (राशि : रु. ३३,३३३।–) बाबुराम न्यौपानेलाई प्रदान गरिएको ।
१६. काठमाडौँ महानगरका पहिलो मेयर प्रेमलाल (पिएल) सिंहको निधन कहिले भएको हो ?
विसं २०८१ पुस १
– २०४९ को निर्वाचनमा काठमाडौँ नगरपालिकाको मेयर भएका पिएलकै पहलमा विसं २०५२ मा काठमाडौँलाई महानगर घोषणा गरिएको ।
१७. भूपि काव्य पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?
साहित्यकार असफल गौतम
– प्रत्येक दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ५० हजार र ताम्रपत्र रहेको ।
१८. नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८० कसलाई प्रदान गरियो ?
बोमबहादुर कार्की, नगेन्द्र थापा, धन लामा, प्रकाश सायमी, अनुराधा गोर्खाली, बुद्धवीर लामा, दिवाकर खड्का र किरण केशी ‘व्रmोधी’
– त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८० हिमाल सागर, विन्दु परियार, वी पाण्डे, आशिष अविरल र सम्राट थापालाई प्रदान गरिएको ।
– नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८० भोला पौडेल, डेभिड शङ्कर, स्मिता दाहाल र कल्याण सिंहलाई प्रदान गरिएको ।
– नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०८० रमेश पोखरेललाई प्रदान गरिएको ।
१९. नेपाल बैङ्कर्स सङ्घको अध्यक्षमा कसलाई चयन गरियो ?
सन्तोष कोइराला (विसं २०८१ पुस)
२०. फिफा सर्वोत्कृष्ट खेलाडी २०२४ कसलाई घोषणा गरियो ?
पुरुषतर्फ : भिनिसियस जुनियर र महिलातर्फ : आइताना बोनमती
– फिफाले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यस पटक स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिली फरवार्ड भिनिसियस र वार्सिलोनाकी स्पेनी खेलाडी बोमतीलाई प्रदान गरिएको ।
– सर्वोत्कृष्ट पुरुष प्रशिक्षक :कार्लो एन्सेलोटी
– सर्वोत्कृष्ट महिला प्रशिक्षक : एम्मा हेज
– सर्वोत्कृष्ट गोलकिपर (पुरुष) : एमिलियानो मार्टिनेज (अर्जेन्टिना)
– सर्वोत्कृष्ट गोलकिपर (महिला) : एलिसा नेहर (अमेरिका)
– पुस्कास अवार्ड (पुरुषतर्फ) : अलेक्जान्ड्रो गोरान्चो
– पुस्कास अवार्ड (महिलातर्फ) : मार्टा (ब्राजिल)
– अफ्रिकी महिला वर्ष खेलाडी : बार्बरा बान्दा (जाम्बिया)
२१. लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जिती कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ?
मिजान लोपेज (क्युबा)
– (क्युबाका लोपेजले पेरिस ओलम्पिक्स (२०२४) अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।)
२२. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
लिच्छविकाल
प्रस्तुतकर्ता : टङ्क केसी