• १२ पुस २०८१, शुक्रबार

टुँडिखेलमा उभौली उत्सव (फोटो फिचर)

blog

केशब गुरुङ / मनोजरत्न शाही

 काठमाडौं, जेठ ७ गते। उभौली तथा उधौली पर्व किराँत समुदायले महान् चाडको रुपमा मनाउने गर्दछ। 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ २ गते उँभौली परेको थियो। 

किराँत समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्स्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ। यो पर्वको अवसरमा साकेला शिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ। 

साकेला शिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पुजा गरिन्छ। उभौलीकै अवसरमा आज षष्ठीको दिन काठमाडौंको टुँडिखेलमा किराँती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला शिली नृत्य गर्छन्।