• ७ पुस २०८१, आइतबार

बार्सिलोनालाई एट्लेटिकोको झट्का

blog

बल खोस्ने प्रयास गर्दै एट्लेटिको र बार्सिलोनाका खेलाडी । तस्बिर : एीफपी/रासस

काठमाडौँ, पुस ७ गते । स्पेनि ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई अर्को बलियो टोली एट्लेटिको म्याड्रिडको नमिठो झट्का लागेको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनालाई घरेलु मैदानमा हराउन एट्लेटिकोका रोड्रिगो डी पउल र एलेक्सजेन्डर सोर्लोथले गोल गर्नुभयो । बार्सिलोनाका लागि पोड्रीले गोल गर्नुभयो । 

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो । पोड्रीले ३०औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभयो । त्यसपछि पउलले ६०औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई जिताउनुभयो । एट्लेटिको ला लिगामा १८ वर्षपछि बार्सिलोनालाई उसैको मैदानमा हराएको हो । 

जितसँगै एट्लेटिको तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले १८ खेलबाट ४१ अङ्क बनाएको छ । हारसँगै १९ खेलबाट ३८ अङ्क बनाएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ । एजेन्सी