काठमाडौँ, पुस ७ गते । विभागीय टोली नेपाल आर्मी र एपीएफ क्लबबिच भएको मैत्रीपूर्ण पुरुष हक्की प्रतियोगितामा आर्मी विजयी भएको छ । बंगलामूखीस्थित एपीएफको मैदानमा भएको खेलमा आर्मीले घरेलु टोली एपीएफलाई २–० गोलले स्तब्ध बनायो ।
एपीएफले पुरुष हक्की टछोली बनाएको सन्दर्भमा अभ्यासका लागि आर्मीसँग मैत्रीपूर्ण खेल खेलाइएको नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्घले नेपाल प्रहरीसँग पनि मैत्रीपूर्ण खेल खेलाउने तयारी गरिएको जनाउको छ । मैत्रीपूर्ण प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।
मैत्रीपूर्ण खेलमा सङ्घका अध्यक्ष अनिल शर्मालगायत सङ्घका पदाधिकारीको उपस्थिति रहेको थियो । मैत्रीपूर्ण खेलको अवसरमा सदस्यसचिव लामाले हक्कीको विकास र विस्तारका लागि प्रदेशले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।