गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुनेछ । बैठकमा सरकारको काम कारबाही र समसामयिक राजनीतिबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।