• ४ पुस २०८१, बिहिबार

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जको तयारी

blog

अन्तर्राष्ट्रिय ‘ब्याडमिन्टन च्यालेन्ज’ बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, पुस ४ गते । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनमा सोमबारदेखि अन्तर्राष्ट्रिय ‘ब्याडमिन्टन च्यालेन्ज’ हुने भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा विश्वका पाँच महादेशबाट २२ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठकाअनुसार प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलङ्का, बङ्गलादेश, भियतनाम, क्यानडा, मलेशिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अबर इमिरेट्स, जाम्बिया, युगाण्डा, इङ्गल्यान्ड, न्यूजील्यान्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन र जापानका गरी एक सय ७४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो पटक अन्तर्राष्ट्रिय ‘ब्याडमिन्टन च्यालेन्ज’ हुन लागेको हो । च्यालेन्जमा पुरुष/पुरुष एकल तथा युगल तथा मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । १५ हजार अमेरिकी डलर पुरस्कार रासी रहेको प्रतियोगिताको 

सबै विधाका विजेता, उपविजेता, सेमिफानलिस्ट, क्वार्टरफाइनलिस्टले क्रमश: १२ सय, साथ सय २० डलर, ६ सय र चार सय ८० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

एक करोड १६ लाख रुपियाँ लागतमा पुस ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ब्याडमिन्टन सङ्घले जनाएको छ ।