काठमाडौँ , पुस ४ गते । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नेताहरूलाई थन्क्याउने ठाउँ मात्र नभएका बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधवार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले पार्टीका विभागहरू नीतिगत निर्णय गर्न थलो भएका बताउनुभयो । उहाँले विभाहरूले काम नगर्दा विभागहरू कार्यकर्ता व्यवस्थापन गर्ने थलो जस्ता मात्रै भएका टिप्पणी गर्नुभयो ।
नेकपा एमाले स्कुल विभाग प्रमुख समेत रहनु भएका ज्ञवालीले पार्टी पिरामिड आकारको हुनु पर्नेमा मादल मादल जस्तो भएकाले समस्या देखिएको बताउनुभयो । त्यसैले सीमा परिवर्तन गर्न आवश्यक रहेको उहाँको धारणा छ ।
नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि देशमा सकारात्मक परिणाम देखिन लागेका भए पनि पार्टी गतिविधिमा भने अपेक्षाकृत सुधार हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । अहिले एमाले नेता कार्यकर्तामा देखिएको सेल्फ सेन्सरसिपले आम जनमानसमा एमाले कार्यकर्ता निम्छरो बनिरहेको बताउँदै उहाँले सबैलाई आफ्नो ठाउँबाट चौतर्फी आक्रमणको प्रतिरोध गर्न अपिल गर्नुभयो ।