काठमाडौँ, पुस १ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ ।
प्लेअफमा स्थान बनाईसकेको शीर्ष टोली सुदूरपश्चिमलाई आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का हुनेछ ।
यता सुदूरपश्चिमलाई हराउन सके कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।