काठमाडौँ, मङ्सिर ३० गते । नेपाल विद्यालय खेलकुद महासङ्घको साधारणसभाले विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
महासङ्घको शनिबार सम्पन्न चुनावी साधारण वरिष्ठ उपाध्यक्ष माधव सापकोटा, उपाध्यक्षमा गोपीबहादुर सार्की अछामी, मोहनकुमार कार्की र सीता लामा तथा महासचिवमा राजकुमार कार्की निर्वाचित हुनुभयो ।
सदस्यहरुमा सुवास न्यौपाने, आरबी कटवाल, खडकबहादुर थापा, डिके ढुंगाना, मोहनराज भट्ट, विलय गौतम, सुमन श्रेष्ठ, पदम राना, सोविनराज रेग्मी, नविन महर्जन र रञ्जना प्रधान चुनिनुभयो ।
साधारणसभामा केन्द्रीय कार्यसमितिका १७, सातै प्रदेशबाट १७ र ५७ जिल्लाबाट ५७ प्रतिनिधिको उपस्थिति थियो । यसअघि साधारणसभाको प्रतिनिधि सभाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभएको थियो ।