• १२ वैशाख २०८२, शुक्रबार

विधि प्रक्रिया पूरा गरेर विकास योजनालाई प्राथमिकता दिइने छ : उपप्रधानमन्त्री

blog

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग समसामयिक विषयमा कुरा गर्नुहुँदै । तस्बिरः सनद अधिकारी/रासस

वसन्त पराजुली
नारायणगढ, मङ्सिर २९ गते ।  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर मात्रै विकास योजनालाई प्राथमिकता दिने बताउनुभएको छ ।

भरतपुर विमान स्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विकास निर्माणकै काम देखिने काम भएकाले यसमा लाग्नुपर्ने बताउनुभयो ।

“विकास निर्माणको काम एक हप्ता एक महिनामा देखिने काम होइन । यो संरचना बनाउन समय लाग्छ । विधि प्रक्रिया अपनाउनु पर्ने भएकाले जथाभावि रुपमा बनाउन भएन । नियोजित तवरले विधि प्रकृया पूरा गरेर प्रथामिकताको आधारमा विशेष संरचनाहरु बनाउनुपर्छ’’, उहाँले भन्नुभयो ।

उहाँले धेरै समय अघिदेखि बन्दै आएको तर सञ्चालनमा नआएका विकाश संरचनाहरु अहिले सञ्चालन गरिएको जानकारी पनि दिनुभयो ।

संसदका ठुला दल कांग्रेस र नेकपा (एमाले) बिचमा भएको सत्ता समझदारीमा  कार्यन्वन गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी संसदको ठुला दलहरु बिचको समझदारीअन्तर्गत अघि बढ्छौं’’, उहाँले भन्नुभयो, “सरकार परिवर्तनको सम्भावना छैन ।’’