• २९ मंसिर २०८१, शनिबार

चीनको जिडिपीमा तिब्बतको योगदान

blog

चीनका प्रदेशहरूले तिनीहरूको सन् २०२४ को पहिलो चौमासिकको आर्थिक कार्यसम्पादन अवस्था गत हप्ता सार्वजनिक गरे । प्रारम्भिक आकलनले तिब्बतले उक्त अवधिमा दुई खर्ब ५० अर्ब चिनियाँ युआनको क्षेत्रीय कुल गार्हस्थ उत्पादन (जिडिपी) हासिल गरेको देखाएको छ । तुलनात्मक मूल्यमा हिसाब गर्दा, तिब्बतको जिडिपी बर्सेनि ६.२ प्रतिशतले बढ्यो, जुन पुनः एक पटक आर्थिक वृद्धिको हिसाबले देशभरमै पहिलो हो । उल्लेखनीय के छ भने तिब्बतका सबै बासिन्दाको करकट्टीपछिको आम्दानी पछिल्लो आठ वर्षदेखि चीनभरमै पहिलो स्थानमा छ र त्यो शृङ्खला यो आर्थिक वर्षको पहिलो चौमासिकमा पनि कायम छ ।  

आँकडामा तिब्बतका सबै बासिन्दाको करकट्टीपछिको आम्दानी तीन हजार ५५ अमेरिकी डलर पुगेको छ, जसले राष्ट्रिय औसतभन्दा २.१ प्रतिशतभन्दा बढी ८.१ प्रतिशतको वार्षिक वृद्धिदर देखाउँछ । विशेष गरी तिब्बतका सहरी क्षेत्रका बासिन्दाको करकट्टीपछि प्रतिव्यक्ति आय छ हजार अमेरिकी डलर छ जुन ६.५ प्रतिशतले बढेको छ र यो राष्ट्रिय औसतभन्दा दुई प्रतिशत धेरै हो ।

यसैबिच तिब्बतका ग्रामीण बासिन्दाको प्रतिव्यक्ति आय ८.२ प्रतिशतले बढेर एक हजार नौ सय अमेरिकी डलर पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा १.६ प्रतिशतले बढी हो । तिब्बतको यो प्रभावशाली वृद्धिको प्रमुख कारण अनलाइन फुटकर व्यापार हो । 

यो वर्षको पहिलो चौमासिकमा तिब्बतको अनलाइन फुटकर बिक्री दुई अर्ब २९ अर्ब ७० लाख अमेरिकी डलर पुगेको छ, जुन वार्षिक वृद्धिभन्दा ७५.४ प्रतिशतले बढी हो र देशकै सबैभन्दा बढी आर्थिक वृद्धि हो । 

भौतिक वस्तुको मात्रै अनलाइन बिक्री ९१.१ प्रतिशतले बढेर एक अर्ब ९३ करोड अमेरिकी डलर पुगेको छ, जुन देशकै सबैभन्दा धेरै हो । तिब्बतमा अनलाइन खरिदमा आभूषण–गरगहनाको कारोबार सबैभन्दा अगाडि छ । पहिलो चौमासिकमा यसको कारोबार २१४.९ प्रतिशतले बढेको छ, जुन अरू वस्तुको कारोबारभन्दा निकै धेरै हो । 

दैनिक धेरै जसो कारोबार हुने वस्तुमा हिराले सबैभन्दा धेरै भाग ओगटेको छ । महिलाका कपडा र अरू कपडाजन्य वस्तुको व्यापार पनि तीव्र रूपमा बढेर अनलाइनमा बिक्री हुने प्रमुख भौतिक वस्तु बन्न पुगेका छन् । यो वृद्धिको घनिष्ठता तिब्बतको अनौठो सांस्कृतिक आकर्षण र त्यसका परिपक्क उपभोक्ता बजारसँग छ । जब जब उपभोक्ताको सौन्दर्य सुधार र खर्च गर्ने बानी बदलिन्छ तब तब गुणस्तरीय वस्तुको माग अधिक हुन्छ । 

थप रूपमा, इन्टरनेटमा आधारित व्यापारका प्लेटफर्मको तीव्र विकास र सामान ओसारपसारमा आएको निरन्तर सुधारले पनि मुख्य भूमिका खेलेको छ र स्थानीय इवाणिज्य/अनलाइन कारोबार पनि तीव्र गतिमा विस्तार भइरहेको छ । चिनियाँ टिकटक टिमल र तोउयिन जस्ता प्लेटफर्मको उल्लेखनीय वृद्धिले तिब्बतमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिमिङ) किनमेल गर्ने सबैभन्दा प्रख्यात माध्यम बनेको देखाउँछ । 

तिब्बतको ग्रामीण भेगमा पनि अनलाइनमा आधारित व्यापार फस्टाएको छ । तथ्याङ्कले ग्रामीण सञ्जालका उपभोक्तामा धैरै जसोले हिरा, चिया र महिलाका कपडामा धेरै खर्च गर्छन् । तिब्बतको कृषि वस्तुहरूको अनलाइन बिक्रीमा लाइभस्ट्रिमिङबाट कारोबार गर्ने क्रम तीव्र रूपमा बढेको छ । 

उदाहरणका लागि, हान्जोउमा हालसालै भएको तिब्बतका लागि झेजियाङ प्रान्तको सहयोगको ३० औँ वार्षिकोत्सवमा झेजियाङका इन्टरनेट प्रदायकले तिब्बतको नाछुका कृषि उत्पादनको प्रवर्धन गर्न लाइभस्ट्रिमिङ कार्यक्रम गरेका थिए । पाँच प्रमुख इन्टरनेट व्यक्तित्वहरू तिब्बतको ग्रामीण सहयोगको पहलका लागि ‘प्रवर्धन राजदूत’ तोकिएका थिए । तिनीहरूले याकको मासु, पहेँलो च्याउ र दुधजन्य वस्तु बिक्रीका लागि तिब्बतको स्थानीय लाइभस्ट्रिमिङ कार्यक्रम गर्ने सहकार्य गरेका थिए । यो कार्यक्रमले सबैभन्दा उच्च बिक्री मात्रै गराएन कि तिब्बेतियन लाइभस्ट्रिमिङ गर्नेका लागि बहुमूल्य बिक्री सिपसमेत सिकायो ।

लाइभस्ट्रिमिङ प्लेट फर्ममा दर्शकले अब ल्हासाको दाची जिल्लाको दुर्गम गाउँ सिओङ्ताकुनबाट कृषि वस्तु बिक्री प्रसारण हेर्न सक्छन् । यो गाउँका स्थानीय दावा सिरेनले पाकेका गोलभेँडा टिप्छन् र हरितगृहको अगाडि बिक्रीका लागि राख्छन् ।

छिरिङ छोइद्रोन र क्याम्पसका युवा विद्यार्थीले गोलभेँडा र अरू तरकारी टेबलमा थुपारेर बेच्नका लागि लाइभस्ट्रिमिङ बिक्रीको व्यवस्था गर्छन् ।

चिया टेबल, एउटा कम्प्युटर र बाल्टी घोप्टो पारेर बस्ने मेच बनाएर छिरिङ छोइद्रोनले आफ्नो लाइभस्ट्रिमिङ व्यवस्था गरिन् । उनको सहयोगी तेन्जिङ याङ्चेनले फोनमा प्रश्नोत्तर र वस्तु व्यवस्थापनमा सहयोग गरे । जसबापत तिनीहरू अहिले दैनिक सानो गोलभेँडाको दुई हजारभन्दा बढी अर्डर लिएर बेच्छन्, जसमा तीन हजार किलोभन्दा बढी गोलभेँडा हुन्छ । उनी भन्छिन्, “तत्कालै सामान उपलब्ध गराउनु पनि यस सफलताको कारण हो ।” 

यसैबिच सिन्चियाङ, गुइझोउ र गुन्सु जस्ता जातीय अल्पसङ्ख्यक जनसङ्ख्या धेरै भएका चीनको अरू पश्चिमी क्षेत्रले पनि पाँच प्रतिशतभन्दा धेरैको वृद्धिदर हासिल गरेका छन् । यो वृद्धि चीन सरकारले सामाजिक स्थायित्व, जातीय एकता, पर्यावरण संरक्षणको प्राथमिकता र उच्च गुणस्तरीय विकासप्रतिको प्रतिबद्धतामा जोड दिएका कारण भएको हो ।