• १२ वैशाख २०८२, शुक्रबार

प्रहरीका दुई डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस

blog

काठमाडौँ, मङ्सिर २९ गते । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ दुई प्रहरी नायब महानिरीक्षक [डिआइजी] लाई प्रहरी अतिरिक्त महानिरीक्षक [एआइजी]मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज साँझ बसेको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक कुँवरले बताउनुभयो ।