• ११ पुस २०८१, बिहिबार

उत्पादन प्रवर्धनमा ‘ओरेन्ज फेस्टिभल’

blog

हिले समाचारदाता

हिले (धनकुटा), मङ्सिर २८ गते । कोलकातामा केही वर्षयता हिमालय ओरेन्ज फेस्टिभल हुँदै आएको छ । फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि राम्रो माध्यम बनेको छ । एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमको आयोजनामा गत मङ्सिर २१, २२, र २३ गते कोलकाताको सिटी सेन्टरमा भएको फेस्टिबलमा नेपाल, भारत र भुटानको सहभागिता रहेको थियो । हिमालय क्षेत्रमा हुने सुन्तलासहित एभोकाडो, किवीलयागतका कृषिजन्य उत्पादन तथा घरेलु उत्पादन यहाँ प्रदर्शनीमा तथा बिक्रीवितरणमा राखिएको थियो तर अन्य क्षेत्रको उत्पादनभन्दा नेपाली उत्पादनमा स्थानियको आकर्षण बढि थियो । आफ्नो उत्पादनको प्रचारप्रसार तथा बिक्रीवितरण गर्न पाउँदा त्यहाँसम्म पुग्ने उद्यमी निकै उत्साहित छन् । धनकुटाका कृषि उद्यमी जितेन्द्र राई भन्नुहुन्छ, “हामीलाई राम्रो देशमा आफ्नो उत्पादन बिक्री गर्न निकै समस्या हुन्छ तर यहाँ ल्याइनपु-याउँदै बिक्री हुन्छ, हाम्रो उत्पादनको प्रचारप्रसार हुन्छ, यो कार्यक्रम निकै फलदायी छ ।” 

कोलकातामा आयोजना भएको यो छैटाँै महोत्सव हो । प्रत्येक वर्ष नेपालको कोशी प्रदेशका विभिन्न जिल्लाको सहभागिता रहँदै आएको छ । यो महोत्सवले कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य उत्पादन मात्र नभई घरेलु तथा पर्यटन क्षेत्रलाई समेत राम्रो सहयोग पुग्ने गरेको छ । 

पर्यटन अभियन्ता तथा कार्यक्रमका नेपाल प्रतिनिधि अर्जुन कार्कीका अनुसार यो कार्यक्रम पश्चिम बङ्गालमा कोशीमा उत्पादन भएका वस्तु तथा पर्यटनस्थल देखाउने राम्रो स्थान हो । “यहाँका स्थानीय जो घुम्न चाहन्छन् उनीहरू काठमाडौँ, पोखरा, चितवन घुमिसकेका छन् । यिनीहरू नयाँ स्थानको खोजीमा छन् । त्यसैले यो हाम्रा लागि राम्रो अवसर हो,” कार्कीले भन्नुभयो ।  

यस कार्यक्रमका कारण पश्चिम बङ्गालका स्थानीय पर्यटकका रूपमा कोशी प्रदेश भित्रिने क्रम बढ्दै गएको छ । अधिल्ला वर्ष भएका कार्यक्रमका कारण कोलकाताबाट धेरै इलाम, पाँचथर र ताप्लेजुङ घुम्न आउन थालेको पर्यटन कार्यलय, काँकडभिट्टाका सूचना अधिकारीले बताउनुभयो । 

यो पटकको कार्यक्रम भने कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ का लागि समेत सहयोगी हुने कट्टेलको भनाइ छ । भारतको पश्चिम बङ्गाल सरकारका पर्यटनदूत तथा ग्रामीण पर्यटन प्रवर्धनका अगुवा राज वासुका अनुसार यो महोत्सव तीन देशबिचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध विकासको महìवपूर्ण माध्यम बन्न सक्छ । उहाँ भन्नुहुन्छ, “यो कार्यक्रम हुन थालेपछि यहाँका धेरै व्यक्तिले पुर्वीनेपाल र त्यहाँको जनजीवन, कला, संस्कृति तथा पर्यटन क्षेत्रबारे राख्ने गरेका छन् ।”

भारतको कोलकातामा भएको हिमालय ओरेन्ज फेस्टिभलमा नेपाली उत्पादनप्रति देखिएको आकर्षण ।