• १९ मंसिर २०८१, बुधबार

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानुन अपनाउने

blog

ब्रसेल्स (बेल्जियम), मङ्सिर १८ गते । युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनी सदस्य राष्ट्रहरूबिच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानुन पारित गरेको छ ।

उक्त नयाँ कानुनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ईयुको तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।

नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ ।

कानुनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा विश्लेषण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्त्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।

कानुन निजी क्षेत्रबाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ईयु सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ ।

यसबाहेक, आपत्कालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ । कानुन आगामी हप्तामा ईयुको आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ । रासस/सिन्ह्वा