• २१ मंसिर २०८१, शुक्रबार

‘महाभोज’ बन्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते  । सफल चलचित्र ‘पुजार सार्की’ निर्देशन गर्नुभएका दिनेश राउतले ‘महाभोज’ नामक चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत आठौँ चलचित्र बनाउने घोषणा गर्दै कलाकार पनि सार्वजनिक गर्नुभएको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ र कमलमणि नेपाललगायतको अभिनय रहने छ । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रियसन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गर्ने भएका छन् । 

राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही अभियानमा आधारित रहने बताउनुभयो । माघ १ गतेदेखि छायाङ्कन हुने चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेख्नुभएको हो ।