• ९ पुस २०८२, बुधबार

रौतहटको ईशनाथ ७ मा कांग्रेसका खलिक विजयी

blog

काठमाडौँ, मङ्सिर १७ गते । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी [एमाले]का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गर्नुभयो ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गर्नुभयो । 

साथै नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र]का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गर्नुभएको छ । साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गर्नुभएको छ ।