सहदेव बस्नेत
जाजरकोट, मङ्सिर १६ गते। जाजरकोटमा अहिले दिउँसो ३ बजे सम्ममा १० हजार बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसोसम्म नलगाड नगरपालिकामा ९ हजार ७ सय ४ र कुशे ७ को वडा अध्यक्षका लागि ९ सय ४८ मत गरेर जम्मा १० हजार ६ सय ५२ खसेको जानकारी गराएको छ। यो कुल मतदाता सङ्ख्याको ६० प्रतिशत हो।
उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे ७ मा शान्ति पूर्ण रूपमा मतदान भइरहेको छ।नलगाड नगरपालिकामा उपप्रमुख र कुशे ७ मा वडा अध्यक्षको लागि आज मतदान भइरहेको हो।जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातीले कुशे गाउँपालिकाको दुई वटा र नलगाड नगरपालिकाको २४ वटा मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारी दिनुभयो।
आजको मतदानका लागि कुशे ७ को वडा अध्यक्षका लागि एक हजार तीन सय दुई र नलगाड नगरपालिकामा १६ हजार चार सय ४९ गरेर कुल १७ हजार ७ सय ५१ मतदाता रहेका छन्।