जयकृष्ण यादव
इनरुवा, मङ्सिर १६ गते । सुनसरीको गढी गाउँपालिका ६ को वडाअध्यक्ष पदको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । स्थानीय तह उपनिर्वाचनमा आइतबार गढी गाउँपालिका वडा नम्बर ६ मा दुई हजार ५४५ मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले साँझ ६ बजेसम्म मतपेटिका सङ्कलन गरिसक्ने र ६ः३० बजे सर्वदलीय बैठक गरी राति ८ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो ।
जनता मा.वि. (क) केन्द्र मा पुरुष २७२ र महिला २८४ गरी ५५६, जनता मा.वि. (ख) केन्द्रमा पुरुष २६६ र महिला ३११ गरी ५७७, जनता मा.वि. (ग) केन्द्रमा पुरुष २४३ र महिला ३५१ गरी ५९४ र राष्ट्रिय आधारभूत विद्यालय (क) केन्द्रमा पुरुष १९३ र महिला २११ गरी ४०४ र राष्ट्रिय आधारभूत विद्यालय (ख) केन्द्रमा पुरुष २०३ र महिला २११ गरी ४१४ सहित ११७७ पुरुष र १३६८ गरी कुल २५४५ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो ।