• ४ साउन २०८१, शुक्रबार

देवदहको प्रमुख उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी

blog

छविलाल पाण्डे 

बुटवल, जेठ ४ गते । रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार ध्रुव खरेल निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बन्नुभएका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएका निवर्तमान नगर प्रमुख हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गर्नुभयो । 

खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत पाउनुभयो । खरेलसँग पराजित हुनुभएका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी नगर उपप्रमुखमा पनि एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित हुनुभएको छ । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गर्नुभयो ।