• ४ साउन २०८१, शुक्रबार

मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय विजयी

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ ४ गते । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवीदत्त उपाध्याय (हिमशिखर) विजयी हुनुभएको छ । गठबन्धनबाट चुनाव लड्नु भएका उपाध्यायले नेकपा (एमाले) का उम्मेदवार धर्म थापालाई ४०९ मतान्तरले पछिपार्दै विजयी हुनुभएको हो । 

उपाध्यायले तीन हजार १३४ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटम प्रतिद्धन्दी एमालेका उम्मेदवार थापाले दुई हजार ७१५ मत प्राप्त गर्नुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै कमल साउद विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार साउँदले तीन हजार ३३९ मत प्राप्त गरी विजयी हुनुभयो । 

उहाँको प्रतिद्वन्दीका रुपमा रहनुभएका एमालेका उम्मेदवार सरस्वती विष्ट रावलले दुई हजार ३०३ मत प्राप्तगरी पराजित हुनुभयो । सात वडा रहेको मोहन्याल गाउँपालिकामा वडा नम्बर १ मा कांग्रेसका प्रेमवहादुर बुढा, वडा २ मा माओवादीका जयप्रकाश मल्ल, वडा ३ मा काँग्रेसका नन्दराम गिरी र वडा ४ मा माओवादीका बमबहादुर बुढा वडाअध्यक्षमा विजयी हुनुभयो । 

त्यसैगरी वडा नम्बर ५ मा कांग्रेसका प्रविन घर्ती, वडा ६ मा एमालेका कृष्ण शाही, वडा ७ मा कांग्रेसका नवराज कठायत विजयी हुनुभएको छ । १३ वटा पालिका रहेको कैलालीमा चुरे र मोहन्याल गाउँपालिका पहाडी क्षेत्रमा पर्ने पालिका हुन् ।