• ११ पुस २०८१, बिहिबार

मुस्ताङको स्याउले मुहारै हँसिलो

blog

स्याउ देखेपछि अनुहारै हँसिलो । मुखै रसिलो हुने रहेछ । त्यसमाथि मुस्ताङको स्वादिष्ट स्याउ ! स्याउका बगैँचामै बसेर स्याउ हेर्नु र बोटबाटै स्याउ टिपेर चाख्नुको स्वाद कति मिठो !

लाग्छ संसारमा केही यस्ता अनुभव हुन्छन्, जसले सम्झेर मात्र पनि जिब्रो रसाउँछ । त्यस्तै एउटा अनुभव मुस्ताङ यात्रा र मुस्ताङको स्याउको ।  त्यो स्वाद मात्र होइन, त्यो ठाउँ, त्यो माटो, अनि त्यो हिमाली हावाको सुगन्धसँगै जोडिएको एउटा मिठो कथा हो । जीवनलाई रसिलो बनाउने र ऊर्जावान् बनाइराख्ने माध्यम पनि हो मुस्ताङको मुखै रसाउने स्याउ । आँतै हरहर पार्ने स्याउ । स्याउ खानुको फाइदा कति कति ! स्याउ खानुको स्वादमा पाइने मिठास कति कति १ स्याउ हेर्नुको आनन्द पनि अर्कै । स्याउ फलेको देख्नुको दृश्य अचम्मै । बोटबाटै ताजा स्याउ टिपेर खानुको स्वाद अलग्गै । त्यो पनि मुस्ताङको स्याउको स्वादै स्वादिष्ट । खानुसम्म कति खानु रु

स्वादिष्ट पनि उत्तिकै । पौष्टिक पनि त्यत्तिकै १ नयाँपुराना स्याउकै बोट र बगानहरू । बगानमै पाहुना पर्यटकको आउजाउ उस्तै । स्याउतिरै सबैको आँखा स्याउ स्याउ । स्याउ हेर्ने सबैलाई हतारो । स्याउकै बोटमा अघाउँजी । स्याउ हेरेर अघाएर तृप्त मन ।

खासमा त्यो स्वादले मान्छेको मन मात्र होइन, आत्मा नै ताजा बनाउन सक्ने रहेछ । बगैँचाभित्र पसेर बोटका स्याउ हेर्ने र शब्दमा बयान गर्न गाह्रो छ । हावामा मिसिएको स्याउको बास्ना, त्यहाँका हिमाली वातावरणले दिने शीतलता अनि स्याउ टिपेर बोटमुनि बसेर खाने क्षण ।।।१ यी सबैले म जस्ता यात्रीलाई प्राकृतिक आनन्दको पराकाष्ठामा पु¥याइदिने क्षमता राख्ने रहेछ ।

स्याउ खाँदा मात्र मिठासको अनुभूति हुँदैन, त्यो क्षणले मानिसलाई गाउँको जीवन, माटोको महìव र प्रकृतिको कृपाको सम्मान गर्न सिकाउँछ । मुस्ताङका किसानले हजारौँ वर्षदेखि गर्दै आइरहेको पुख्र्यौली स्याउ खेती । परिश्रम गरी हुर्काएका ती स्याउ खाँदा उनीहरूको जीवनको कथा पनि हामीले सँगै चाखिरहेको अनुभव हुँदो रहेछ । मुस्ताङको स्याउ केवल एउटा फल होइन, यो प्राकृतिक सौन्दर्य, मानव परिश्रम र नेपाली माटोको गर्वको कथा हो । त्यो स्वाद जिब्रोमा होइन, मनमा पनि बस्छ । एकचोटि मुस्ताङको स्याउ चाखेपछि त्यो अनुभव सधैँका लागि सम्झनामा अमिट रहिरहने छ । मुस्ताङीले आफ्नो भूमि र वातावरणको अनुकूलता उपयोग गर्दै उच्च गुणस्तरका स्याउ उत्पादन गर्छन् । यहाँका स्याउ स्वादिष्ट र पौष्टिक हुन्छन् । त्यसका लागि उनीहरूले परम्परागत प्रविधिको उपाय अपनाएका हुँदा रहेछन् । त्यसै गरी स्याउ खेती गरिएका बगैँचा हेर्दै, बुझ्दै, घुम्दै जाँदा धेरै कुराको जानकारी पाउन सकिन्छ ।

स्थानीयको भनाइ अनुसार मुस्ताङको ठन्डा र उचाइयुक्त जलवायु स्याउका लागि उपयुक्त मानिन्छ । यहाँको दोमट माटोले स्याउका बोटलाई राम्रोसँग पोषण दिने रहेछ । मरुभूमि जस्तै सुक्खा र एकनासको भूमि भएकाले यहाँ पानीको अभाव हुन्छ तर हिमालबाट बग्ने प्राकृतिक जलस्रोतलाई कुशलतापूर्वक सिँचाइ प्रणालीमा रूपान्तरण गर्दा रहेछन् । जस्तो कि ‘ढल सिँचाइ प्रणाली’ जस्ता परम्परागत उपाय अझै लोकप्रिय रहेछन् ।

मुस्ताङका स्याउ प्रायः जैविक पद्धतिमा फलाइन्छ । विशेषतः रासायनिक मल र विषादीको प्रयोग कम गरिन्छ । फलतः यसले स्याउलाई पौष्टिकताले भरिपूर्ण साथै स्वस्थ र स्वादिलो बनाउँछ ।

मुस्ताङीले परम्परागत प्रजातिको संरक्षण गर्दै नयाँ र वैज्ञानिक विधि पनि अपनाएका छन् । यसले उत्पादनमा वृद्धि र गुणस्तर सुधार गर्न मद्दत गरेको छ । फलस्वरूप स्थानीय जात र नवीन प्रविधिले फड्को मार्नुका साथै विश्वव्यापी आकर्षण पनि पाएको रहेछ । स्याउ खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले स्थानीय सरकार, आमा समूहले आधुनिक प्रविधि, तालिम र बजारीकरणमा सहयोग पु¥याएको स्याउ कृषक बताउँछन् ।

त्यसैले मुस्ताङको स्याउ प्राङ्गारिक स्वादको अनुपम नमुना त्यत्तिकै भएको होइन रहेछ । मुस्ताङको सुन्दर भूगोललाई हिमाल, माटैमाटोका ढिस्कामा स्वनिर्मित कलात्मक आकृति र प्राचीन गुम्बाले मात्रै चिनाउँदैन । यो सत्य हो यहाँको स्याउको स्वादले पनि यो भूमि विशेष बनाएको छ । हिमालको काखमा उब्जिएको यो फल प्रकृतिको एउटा उपहार हो । स्याउ खाँदा जस्तो ताजगी अनुभूति हुन्छ, त्यसले यो फल खानेकुरा मात्र नभई जीवन्त ऊर्जा प्रदान गर्ने माध्यम जस्तो लाग्नु पनि स्वाभाविक हो ।

मुस्ताङको स्याउलाई अद्वितीय बनाउने कुरा यसको प्राकृतिक स्वाद र प्राङ्गारिक उत्पादन हो । हिमाली हावापानी, स्वच्छ माटो र त्यहाँका किसानको मेहनतले यसलाई विशिष्ट बनाएको छ । यसैले स्याउ चपाउँदै, स्याउको मिठास महसुस गर्दैगर्दा मैले परिश्रमको एउटा पृथक् विश्वास र निष्ठा महसुस गरेँ । त्यो विश्वास र निष्ठा भनेको प्रकृतिको काखमा खेती गरेर मात्र पाउन सकिने एउटा अन्न ऐश्वर्यको फल हो ।

स्याउको बगैँचामा पसेपछि मात्र यसको सौन्दर्यको असली अनुभूति हुन्छ । स्याउका बोटले भुइँदेखि आकाशतिर फैलाउँदै गरेको आफ्नो हरियाली, हातको स्पर्श र नजिकैका हिमालले दिएको पृष्ठभूमि यी सबैले आत्मा आनन्दित बनाउँछन् । स्याउका रुखले आफ्नो फल दिन हरेक आगन्तुकलाई आतुरतापूर्वक आमन्त्रण गरिरहन्छ ।

स्याउको पहिलो टुव्रmा मुखमा चाख्दा, त्यो रसिलो स्वादले हृदयमा हिमाली स्पर्शको अनुभव दिन्छ । यो स्वाद सामान्य बजारको स्याउभन्दा फरक हुन्छ । यसको मिठासले जिब्रो र मनलाई पनि खुसीले ओतप्रोत गरिदिन्छ । प्राङ्गारिक स्वादको यो अनुभवले मुस्ताङको हिमाल, हावा र माटोसँग एकाकार गराइरहन्छ ।

अतः मुस्ताङ पुग्दा स्याउका बगानको दृश्यले मनै मोहनी लगाउँछ । हरेक रुखबाट झुन्डिएका अनेकौँ रङका मिश्रणमा रङ्गिएका स्याउले आँखा र आत्मालाई तृप्त पार्छन् । मुस्ताङको स्याउ, जसलाई बोटबाटै टिपेर खाने अनुभव, एक अद्वितीय क्षण हो । यी हिमाली बगानको शीतलतामा स्याउको ताजापन, मिठास र त्यसको सुगन्धले एक पटक मात्र होइन, बारम्बार त्यहाँ पुग्ने लोभ गराउँछ । जब स्याउको बोटमुनि उभिएर ती फललाई नजिकबाट हेर्ने अवसर प्राप्त हुन्छ, जीवनको अर्को एक अनुपम सौन्दर्य भेटिन्छ ।

स्याउ फलेको दृश्य आफैँमा एउटा रोमाञ्चक र रहस्यमय अनुभव हो । सानो बोटमा झुन्डिएका ती रङ्गीन फलले प्रकृतिको सरलता र उदारता झल्काउँछन् । मानौँ, स्याउ मात्र फल होइन, एउटा उत्सव हो । यो दृश्यले मनलाई यसरी आकर्षित गर्छ कि जीवनकै सबै सन्देश यसैमा छिपेको छ ।

पर्यटकको भिडमा स्याउ हेर्ने र खाने उत्सुकता देख्न रमाइलो लाग्छ । त्यत्तिकै अनौठो स्याउ टिप्ने अनुभव हुन्छ । ‘स्याउ हेरेर मात्रै पनि मन तृप्त हुन्छ’ भन्ने भनाइ त्यहाँको अनुभवले सत्य साबित गर्छ । ती बगानमा पर्यटकको चहलपहल, स्थानीय किसानको आत्मीयता र स्याउकै मिठो स्वादले मुस्ताङको यात्रा जीवनभर सम्झनलायक बनाउँछ । स्याउ बगानमा उभिएर, ती हिमालको पृष्ठभूमिमा, ती स्याउ जस्तै रसिला रङको सौन्दर्यमा एक क्षणका लागि समय स्थिर भएको अनुभव हुन्छ । यसरी स्याउ फल मात्र होइन, एउटा अनुभव हो, हिमाल र प्रकृतिको आत्मीयता महसुस गराउने माध्यम हो । मुस्ताङको सांस्कृतिक पहिचान र प्राकृतिक उपहार हो । 

मुस्ताङको यात्रा, भौतिक गन्तव्यमा पुग्ने यात्रा मात्र होइन, यो अनुभवको अद्वितीय अनुभव हो । यो यात्रा मन, आँखाले देख्ने सौन्दर्य र स्वादले महसुस गरिने मिठासले भरिएको एउटा अनौठो संसार हो ।  त्यो दिन अझै याद छ, जब म उपल्लो मुस्ताङको खुला आकाशमुनिको खुला बलौटे बाटोमा अघि बढ्दै थिएँ । पृष्ठभूमिमा देखिएका हिमाली चुचुरा, माटोका चट्टानतुल्य भूभाग र त्यही चट्टानले पोषण गरेको स्याउको बगैँचाले मेरो हृदयमा एउटा छुट्टै भावना थपिदियो । वातावरणभरि स्याउको मादक सुगन्ध थियो, जसले मनलाई गहिरोसँग तानिरहेको थियो । ती स्याउका बगैँचामा एउटा अलग संसार थियो । प्राकृतिक छटा र मानव श्रमको अनुपम समायोजन थियो ।

स्याउ मात्र मिठो थिएन, त्यसको सुगन्धले पनि मनलाई नसालु बनाउँथ्यो । हरेक स्याउ चपाउँदा त्यसमा मिश्रित त्यो ठन्डीको चिसो हावा, हिमालको शुद्ध श्रम र स्थानीय शेर्पाको पसिना मिसिएको अनुभव मैले धेरै पटक गरिरहेँ । 

यो सत्य हो मुस्ताङको स्याउले मिठासमा स्वाद मात्र होइन, आत्माको शान्ति पनि बोकेको हुन्छ ।

मुस्ताङको सौन्दर्य स्याउमा मात्र सीमित छैन । त्यो भूमि आफैँ एउटा अनौठो कथा हो । त्यहाँका तिब्बतीयन मूलका जातिको मिजासिलो बोली र आत्मीय व्यवहारले मलाई मात्र होइन, जो कोही यात्रीलाई आफू कुनै पारिवारिक आँगनमा छु भन्ने अनुभूति गराउन सक्षम छ । उनीहरूले सम्मानपूर्वक उत्साहले भान्सामा ताजा स्याउ राखेर स्वागत गर्छन् । लाग्छ प्रकृतिले आफ्ना सबै उपहार यस भूमि र यसका मानिसलाई अर्पण गरिदिएको छ ।

यहाँको अनौठो भूसंरचना, पातला रुखबिरुवा, हिमाली हावा र ताजा स्याउले घोलिएको सुगन्धले शरीर मात्र होइन, आत्मालाई पनि तृप्त पार्छ । त्यहाँका प्रत्येक प्राकृतिक दृश्य, प्रत्येक स्वाद र प्रत्येक सुगन्धले मुस्ताङलाई एउटा बिछट्टको गन्तव्य स्थल र एउटा प्रेरणाको स्थान बनाएको छ । मुस्ताङको त्यो स्याउ र सौन्दर्य मेरो स्मृतिमा सधैँ ताजा रहने छ । अर्को कुरा आदम र हब्बाको प्राचीन रोचक कथा तथा विज्ञानमा न्युटनले स्याउबाट पाएको प्रेरणाको सन्दर्भ पनि यहाँ स्मरणीय हुन्छ । यस्तो प्रेरणादायी स्याउ संसारमा फेरि पनि फर्केर जानका लागि सधैँ आतुर रहिरहने छु ।

मुस्ताङको स्याउ, स्याउ होइन, यो एक कथा हो प्रकृतिको, किसानको र त्यो भूमिको जसले सधैँ आफूभित्रको सौन्दर्यलाई यस फलमा स्वतः रूपान्तरित गरी पु¥याउँछ । यो स्वाद हरेकले एक पटक महसुस गर्नैपर्ने कुरा हो, जहाँ प्रकृतिको न्यानोपन, श्रमको मिठास र प्राङ्गारिक जीवनको वास्तविकता भेटिन्छ ।   

Author

ज्ञानेन्द्र विवश